१८ मंसिर २०७८, शनिबार
गृह आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटः ओमनसामु १३० रनको लक्ष्य
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटः ओमनसामु १३० रनको लक्ष्य

काठमाडौं। आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तरगत उद्घाटन खेलमा पपुवा न्युगिनीले ओमन सामु १३० रनको लक्ष्य प्रस्तुत गरेको छ।

ओमानको अल अमेरात क्रिकेट स्टेडियममा जारी खेलमा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै न्यूगिनीले १३० रनको लक्ष्य प्रस्तुत गरेको हो।


न्युगिनीका लागि कप्तान असाद भाला ले ४ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ५६ रनको अर्धसतकीय पारी खेले। यस्तै कार्लेस अमिनीले ४ चौका र १ छक्काको मद्दतमा ३७ रन बनाउँदा सेसे बाउले १३ रनको योगदान गरेका थिए।

बलिङतर्फ ओमानका लागि जजेसन मक्सोदले सर्वाधिक ४ विकेट लिए। ४ ओभरमा २० रन खर्चे। त्यस्तै बिलाल खान र कलिमउल्लाले समान दुई–दुई विकेट लिए।

यस्तै आजै दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। बंगलादेश र स्कटल्याण्डबीचको खेल ७ः४५ बजे सुरु हुनेछ।

Facebook Comments

हरेक खबर खास खबर