१८ मंसिर २०७८, शनिबार
गृह सल्यानमा छुट्टाछुट्टै स्थानमा २ शव फेला
सल्यानमा छुट्टाछुट्टै स्थानमा २ शव फेला

सल्यान। सल्यानमा दुई नदी किनारमा २ जनाको शव फेला परेका छन्।

जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका २ आरुघाट नजिकै भेरी नदी किनारमा महिलाको र कालीमाटी गाउँपालिका ७ बाटुले नजिकै बबई नदी किनारमा पुरुषको शव फेला परेको हो। महिलाको शवको अहिलेसम्म पहिचान खुल्न नसकेको र पुरुष वर्ष ३५ का बाटुलेकै श्याम बिकको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।


जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार बबई नदी किनारमा मृत अवस्थामा भेटिएका बिक शुक्रबार बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए।

अन्दाजी वर्ष २८ की महिलालाई भने जाजरकोट आसपासबाट बगाएर ल्याएको आशंका गरिएको प्रहरी निरीक्षक पौडेलले जानकारी गराए । दुवै शवको जिल्ला अस्पताल सल्यानमा पोस्टमार्टम गरिएको छ।

Facebook Comments

हरेक खबर खास खबर