१८ मंसिर २०७८, शनिबार
गृह टी–ट्वान्टी क्रिकेटमा ओमनको शानदार शुरुवात: पपुवा न्यूगिनी १० विकेटले पराजित
टी–ट्वान्टी क्रिकेटमा ओमनको शानदार शुरुवात: पपुवा न्यूगिनी १० विकेटले पराजित

काठमाडौं। आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा ओमनले शानदार शुरुवात गरेको छ।

अल अमेरात क्रिकेट स्टेडियममा भएको खेलमा पपुवा न्यूगिनीलाई १० विकेटले पराजित भएको हो। पपुवा न्यूपगनीले दिएको दिएको १३० रनको लक्ष्य १३ ओभर ४ बलमा ० विबेटको क्षतीमा भेट्टयो।


ओमनका लागि आकिब ईलियासले ४ चौक र १ छक्काको मद्दतमा ५० र जतिन्तर सिंहले ४ छक्का र ७ चौकाको मद्दतमा ७३ रन बनाए। जुन ओमनका लागि जोतका लागि पर्याप्त बन्यो।

यसअघि पपुवा न्युगिनीका लागि कप्तान असाद भाला ले ४ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ५६ रनको अर्धसतकीय पारी खेले। यस्तै कार्लेस अमिनीले ४ चौका र १ छक्काको मद्दतमा ३७ रन बनाउँदा सेसे बाउले १३ रनको योगदान गरेका थिए।

बलिङतर्फ ओमानका लागि जजेसन मक्सोदले सर्वाधिक ४ विकेट लिएका थिए। ४ ओभरमा २० रन खर्चे। त्यस्तै बिलाल खान र कलिमउल्लाले समान दुई–दुई विकेट लिए।

 

Facebook Comments

हरेक खबर खास खबर