१८ मंसिर २०७८, शनिबार
गृह डडेल्धुरा र डोटीमा अति भारी वर्षा, रंगुन नदी आसपासमा सर्तकता अपनाउन आग्रह
डडेल्धुरा र डोटीमा अति भारी वर्षा, रंगुन नदी आसपासमा सर्तकता अपनाउन आग्रह

काठमाडौं। पछिल्लो १२ घण्टाकोे अवधीम सुदूरपीश्चमको डडेल्धुरा र डोटीमा भारी बर्षा भएको छ। ती क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान रहेकाले रंगुन नदी तथा सो क्षेत्रका अन्य स–साना नदीहरूमा बाढी आउन सक्ने चेतावनी जारी गरिएको छ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले रंगुन नदी तथा सो आसपासका तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।


हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका न्यूनचापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभाव नेपालमा परेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सुदूरपश्चिमको एक/दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ।

धानबाली भित्र्याउने बेला पानी परेपछि किसानहरु चिन्तित बनेका छन्। दशैँ सकिएलगत्तै धान भित्र्याउने योजना बनाएका किसानलाई एक्कसी मौसममा आएको परिवर्तनले समस्या भएको छ।

दशैँको बेला धान पाक्ने समय हुने र गाउँ घरमा जनशक्ति पनि धेरै हुने भएकाले धान पाकेको ठाउँमा यही बेला धान काट्ने र भित्र्याउने गरिन्छ।

तर धान काट्ने बेलामा पानी पर्ने संकेत नदेखिए पनि धान काटेर सुकाउनेबित्तिकै पानी परेपछि नोक्सानी भएको किसानको गुनासो छ। धान नकाटेको ठाउँमा पनि वर्षाले धानमा क्षति पुगेको छ।

मौसमको अवस्था बुझेर मात्रै धान भित्र्याउन कृषि विज्ञको सुझाव छ। मौसमविदले पर्सि बुधबारसम्म नै पानी पर्ने बताएका छन्।

Facebook Comments

हरेक खबर खास खबर