२२ मंसिर २०७८, बुधबार
गृह क्षति ब्यहोरेका किसानलाई धानबालीको क्षतिपूर्ति दिन राष्ट्रपतिको आग्रह
क्षति ब्यहोरेका किसानलाई धानबालीको क्षतिपूर्ति दिन राष्ट्रपतिको आग्रह

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन आग्रह गरेकि छिन्।

बिहीबार एक विज्ञप्ती जारी गर्दै राष्ट्रपति कार्यालयले नष्ट भएको धानबाली र विभिन्न भौतिक पूर्वाधारको राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वय गर्न आग्रह गरेकि हुन्।


राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा प्रकोपबाट कृषिक्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रुपमा अघि बढ्न आग्रह गरेको उल्लेख गरिएको छ।

यस्तै राष्ट्रपति भण्डारीले सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितहरुको उद्धार तथा राहत कार्यमा संलग्न हुन आग्रह गरेकि छिन्।

Facebook Comments

हरेक खबर खास खबर