१७ मंसिर २०७८, शुक्रबार
गृह महाअभियोगको सामना गर्ने तर दबाबमा राजीनामा नदिने प्रधानन्यायधीषको अडान
महाअभियोगको सामना गर्ने तर दबाबमा राजीनामा नदिने प्रधानन्यायधीषको अडान

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले जतिसुकै दबाब भएपनि राजीनामा नदिने अडान लिएका छन्। मंगलबार १५ जना न्यायाधीशहरूसँगको सामूहिक भेटमा प्रधानन्यायाधीश राणाले कसैले राजीनामा माग्दैमा नदिने बताएका हुन्।

सर्वोच्च अदालतमै एक्लीनुभएका राणाले अदालतमा भएका पछिल्ला गतिविधीहरुको जिम्मा नलिने समेत स्पष्ट पारे।


जबरालाई सामूहीक भेटेका १५ न्यायाधीशले भने न्यायालयको साख गिर्दो अवस्थामा पुगेकाले त्यसलाई माथि उठाउन राणालाई तत्काल मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए।

जवाफमा उहाँले विवादमा तानिएका सबै जना राजीनामाका लागि तयार भए आफू पनि त्यसका लागि तयार भएको बताएको जनाइएको छ।

राणाले आफू संवैधानिक बाटोबाट आएकाले बाहिरिँदा पनि संविधानको व्यवस्थाअनुसार नै बाहिरिने जनाएका छन्। उहाँले बरु महाअभियोगको सामना गर्न तयार रहेको संकेत गरेको बताईएको छ।

स्वचालित पेशी प्रणाली लागू गर्न अनिच्छा जनाएका जवरामाथि कयौँ भ्रष्टाचार काण्डमा भएका फैसला, पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दा तथा न्यायपालिकाको सुधारमा नलागेर सत्ता चलाउन भागवण्डा खोजेको आरोप लागेपछि न्यायीक वृत्तबाटै उनको राजीनामा मागिएको छ।

Facebook Comments

हरेक खबर खास खबर