२२ मंसिर २०७८, बुधबार
गृह प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म इजलासमा सहभागी नहुने न्यायाधीशहरुको निष्कर्श
प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म इजलासमा सहभागी नहुने न्यायाधीशहरुको निष्कर्श

काठमाडौं। सर्वोच्च अदालतका १५ न्यायाधीशले अहिलेको संकटको कारक प्रधानन्यायाधीश नै रहेको निष्कर्ष निकाल्दै राजीनामा नदिएसम्म इजलासमा नबस्ने निष्कर्ष निकालेका छन्।

उनीहरुले प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने सामुहिक अडानमा कायमै रहने र थप निणर्यका लागि भोली बिहान ११ः३० बजे छलफलमा जुट्ने तर प्रधानन्यायाधीश राणाले तोक्ने कुनै पनि पेशी नहेर्ने जनाएका छन्।


आज बिहान प्रधानन्यायाधीश राणालाई सामुहिक रुपमा भेटी मार्गप्रशस्त गर्न औपचारिक आग्रह गरे पनि राणाले राजीनामा नदिने बताएपछि न्यायाधीशहरु दिनभर छलफलमा जुट्दै राजीनामाको सामुहिक अडानबाट पछि नहट्ने निष्कर्षमा पुगेका हुन्।

सर्वोच्चमा २० जना न्यायाधीश रहेकोमा प्रधानन्यायाधिस राणाले राजीनामा दिनुपर्ने उहाँबाहेकका सबै न्यायाधीशहरु एकमत रहेका छन्।

राणा सर्वोच्च अदालतमा सम्पूर्ण रुपमा एक्लिए पनि राजीनामा नगर्ने अडान लिएपछि न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा कुनै पनि मुद्दाको सुनुवाई हुन सकेको छैन।

Facebook Comments

हरेक खबर खास खबर