२२ मंसिर २०७८, बुधबार
गृह कांग्रेस महाधिवेशन कार्यतालिका फेरि संशोधन हुने
कांग्रेस महाधिवेशन कार्यतालिका फेरि संशोधन हुने

काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि संशोधन हुने भएको छ। निर्वाचन समितिले आज पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पदाधिकारीसँग गरेको छलफलमा तोकिएको समयमा महाधिवेशन गर्न नसकिने बताएको हो।

पार्टीको १४ औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने तय भएको थियो। निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले मंसिर ९ देखि १३ गतेको अवधिमा महाधिवेशन गर्न नसकिने बताए। निर्वाचन समितिले पार्टीले निर्वाचन कार्यतालिकाअनुसार काम नगरेको गुनासो गरेको थियो।


सभापति देउवाले मंसिरभित्रै महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएका सहमहामन्त्री डा। प्रकाशशरण महतले जानकारी दिए।

निर्वाचन समितिका सदस्य घिमिरेले पार्टीले सहयोग गरेमा मंसिरभित्रै महाधिवेशन गर्न सकिने भन्दै आफूहरुले दुई दिनमा नयाँ कार्यतालिका ल्याउने बताए।

छलफलका क्रममा वरिष्ठ नेता पौडेलले मंसिर ९ देखि १३ गतेकै मितिमा महाधिवेशन गर्नुपर्ने बताएका थिए । तर निर्वाचन समितिले सो समितिमा महाधिवेशन गर्न नसकिने बताएको छ।

कतिपय जिल्लामा वडा अधिवेशन पनि नभएको अवस्थामा अबको एक महिनाको अवधिमा सबै महाधिवेशन गर्न नसकिने निर्वाचन समितिले बताएको छ।

त्यसपछि पौडेलले महाधिवेशन मंसिरभित्र सम्पन्न गर्ने गरी केन्द्रीय समितिबाट निर्णय गराउन सभापति देउवालाई आग्रह गरेका छन्।

Facebook Comments

हरेक खबर खास खबर