१८ मंसिर २०७८, शनिबार
गृह निगमको जहाजलाई घाममा सुकाएर निजी एअरलाइन्ससँग ’सेटिङ’ गर्ने काम हुँदैनः मन्त्री आले
निगमको जहाजलाई घाममा सुकाएर निजी एअरलाइन्ससँग ’सेटिङ’ गर्ने काम हुँदैनः मन्त्री आले

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल वायु सेवा निगमलाई निजी क्षेत्रको कम्पनीसँग साँठगाँठ गरेर कमजोर बनाउने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्।

नेपाल पर्यटन बोर्डले मंगलबार आफ्नै स्वागतमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले निगमको जहाजको ग्राउन्ड ल्यान्डिङ समेत आफ्नो व्यक्तिगत स्वार्थका लागि निजी कम्पनीलाई दिएको उल्लेख गर्दै आफूले त्यसो नगर्ने प्रतिबद्धता ब्यक्त गरे।


निगमका थन्किएर बसेको दुई वटा जहाजलाई तत्काल सञ्चालनमा ल्याएर नेपालमा पर्यटन भित्र्याउने काममा आफू लागिपर्ने कार्ययोजना पनि मन्त्री आलेले सार्वजनिक गरे।

मन्त्री आलेले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को कालो सूचीबाट नेपाललाई हटाउन पनि आफूले पहल गर्ने बताएका छन्।

त्यसका लागि आफूले निगमकै कर्मचारी सङ्घ–सङ्गठनहरूको मागअनुसार कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको मन्त्री आलेको भनाई छ।

Facebook Comments

हरेक खबर खास खबर