१७ मंसिर २०७८, शुक्रबार
गृह अवरुद्ध ग्रामिण सडक खुलाउन नगरपालिका बेखबर, स्थानीयहरु आफै तम्सिए
अवरुद्ध ग्रामिण सडक खुलाउन नगरपालिका बेखबर, स्थानीयहरु आफै तम्सिए

टेक खाती,डडेल्धुरा। डडेल्धुरामा अवरुद्ध सडक खुलाउन स्थानिय सरकार बेखबर भएपछि स्थानीयहरु आफै तम्सिएका छन्। जिल्लाको परशुराम नगरपालिका स्थित गाईबाधे–सलेता अवरुद्ध भएको छ।

अवरुद्ध सडक खुलाउन स्थानीय सरकार बेखबर बनेपछि नेपाली कांग्रेस वडा नं ११ का सभापती प्रकाश ऐर को नेतृत्वमा स्थानीयहरु सडक खुलाउन तम्सिएका हुन्। उनीहरूले वडा नं १० स्थित मसानीजालामा अवरुद्ध बाटो खुलाउन शुरु गरेका छन्।


गत असोज ३१ गतेदेखि परेको अविरल बर्षाका कारण नगरपालिकाका अधिकांश ग्रामीण सडकहरू अवरुद्ध भएका छन्। तर २ सता बित्दापनि स्थानीय सरकार सडक खुलाउन तम्सिएको छैन।

आफूहरूले सडक खुलाउनका लागि जनप्रतिनिधिहरूसँग पटक–पटक आग्रह गरेपनि कुनै सुनुवाई नभएको बताउँदै नेबिसंघका नेता तथा स्थानीय युवा सुरज ऐरले दवाव दिनका लागि स्थानीहरू स्वतस्फुर्त रुपमा सडक मर्मतमा लागेको बताए।

उनका अनुसार हालसम्म जनप्रतिनिधिहरूले सडक सञ्चालन गर्नका लागी कुनै पनि चासो देखाएका छैनन्। हालसम्म पनि सडक नखुलेकाले स्थानीयहरूलाई सास्ती परेको पनि युवा ऐरले जानकारी दिए।

यता परशुराम नगरपालिका वडा नं १० का अध्यक्ष हर्क बहादुर कार्कीले नगरपालिकाको १ मात्रै डोजर भएकाले पनि समस्या भएको बताए।

खासखबरसँग कुराकानी गर्दै अध्यक्ष कार्कीले स्थानीयहरुले सडक मर्मत गरिरहेको कुरा आफुलाई जानकारिमा रहेको जानकारि दिँदै उनले परशुराम नगरपालिकाको डोजर अहिले वडा नं ७ र ८ तिर काम गरिरहेकाले यहाँ सडक खुलाउन समस्या भइरहेको बताए।

तिहारसम्म वा तिहारपछि बाटो खुल्ने उनले जानकारी दिएका छन्।

Facebook Comments

हरेक खबर खास खबर