१८ मंसिर २०७८, शनिबार
गृह दाेस्राे वडा अध्यक्ष कप भलिबलकाे उपाधी केदार बासुलिङ्ग निर्माण सेवालाई
दाेस्राे वडा अध्यक्ष कप भलिबलकाे उपाधी केदार बासुलिङ्ग निर्माण सेवालाई

धर्मराज भट्ट,डडेल्धुरा। डडेल्धुराकाे परशुराम नगरपालिका वडा नं १० काे अायाेजनामा भएकाे दाेस्राे वडा अध्यक्ष कप वडा स्तरीय भलिबल प्रतियाेगिताकाे उपाधी केदार बासुलिङ्ग निर्माण सेवाले  जितेकाे छ।कुर्मुल्ले स्थित सिताराम माध्यमिक विद्यालयमा भएकाे प्रतियाेगिताकाे फाईनल खेलमा केदार बासुलिङ्गले धनसरा सामुदायीक बनमाथी२५-१७, २५-२३ र १५-४ काे जित हात पारेकाे हाे।
खेलकाे पहिले सेटमा धनसेरा सामुदायीक वनले केदार बमसुलिङ्ग निर्माण सेवामाथी २८-२६ काे जित हात पारेकाे थियाे।बेस्ट अफ ५ काे अाधारमा भएकाे खेलकाे दाेस्राे सेटमा केदार बासुलिङ्ग निर्माण सेवाले २५-१७ काे सेटमा ढकानीमाथि जित निकाल्याे।

निकै राेमाञ्चक बनेकाे खेलकाे तेस्राे सेटमा   धनसेराले २५-१६ ले जित निकालेकाे थियाे।यस्तै चाैथाे र पाचाैँ सेट लगातार २५-२३ र १५-४ ले जित निकाल्याे ।याे सँगै धनसरा सामुदायीक बन दाेस्राे स्थानमा चित्त बुझाउन बाध्य भएकाे छ।२३ गते भएकाे खेलमा बेल्डाङीकाे अाशिष पाेल्ट्री फर्मले तेस्राे स्थान हात पारेकाे थियाे।  कार्तिक २२ गतेदेखि भएकाे खेलमा वडा भित्रका ८ टाेली सहभागी भएका थिए।याे संगै प्रथम हुने टिमले ३० हजार नगद सहित सिल्ड मेडल र प्रमाणपत्र, द्धितिय हुने टिमले नगद रू २० हजार सहित मेडल र प्रमाणपत्र तथा तृतिय हुने टिमले नगद रू १५ हजार सहित प्रमाणपत्र पुरस्कार स्वरूप पाएका छन्।


खेलमा धनसरा सा.ब. का राज कार्की उत्कृष्ट र अाशिष पाेल्ट्री फर्मका रमेश बाेहरा अनुशासित खेलाडी घाेषित भए।खेल अार्थिक बर्ष २०७८/७९ काे युवा लक्षित कार्यक्रम अन्तरगत  सञ्चालन भएकाे थियाे।

Facebook Comments

हरेक खबर खास खबर