१८ मंसिर २०७८, शनिबार
गृह पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध, यात्रा गदै हुनुहुन्छ सतर्क रहनुहोस्
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध, यात्रा गदै हुनुहुन्छ सतर्क रहनुहोस्

काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा-बुटवल सडकखण्ड सुख्खा पहिरोले अवरुद्ध भएको छ ।

राजमार्गको तिनाउ गाउँपालिका-३ अन्तर्गत पाल्पाको दोभान हेडबक्स नजिकै नागको मन्दिर अगाडि भागमा ठूलो ढुंगासहितको सुख्खा पहिरो खसेको प्रहरिले जनाएको छ ।


आज बिहान ५ बजेतिर सडकको माथिल्लो भागबाट ठूलो ढुंगासहितको सुख्खा पहिरोले राजमार्ग अवरुद्ध भएको दोभान प्रहरी चौकीले जनाएको छ । पहिरो पन्छाएर एकतर्फी खुलाउने प्रयास गरेपनि ढुंगा ठूलो भएकाले नसकिएको दोभान प्रहरी प्रमुख विष्णु कुँवरले जानकारी दिनु भयो ।

सडक डिभिजन पाल्पालाई ढुंगा फुटाउनका लागि आग्रह गरिएको भएपनि काम सुरु भइसकेको छैन । राजमार्गको छेउबाट मोटरसाइकल वारपार गर्न सकिएपनि अन्य सबै सवारी साधन ठप्प रहेको छ ।

राजमार्ग भएर स्याङजा, पोखरा, गुल्मी, बाग्लुङ, पाल्पाकै विभिन्न स्थान हिडेका सय बढी सवारीसाधन लामबद्ध भएको स्थानीय विष्णुप्रसाद पाण्डेयले जानकारी दिनु भयो ।

Facebook Comments