१८ मंसिर २०७८, शनिबार
गृह देउवाको गृहजिल्लामा संस्थापन पक्ष प्यानलसहित निर्वाचित, कर्ण मल्ल भन्छन्ः गुटको अधिवेशन भयो
देउवाको गृहजिल्लामा संस्थापन पक्ष प्यानलसहित निर्वाचित, कर्ण मल्ल भन्छन्ः गुटको अधिवेशन भयो

धर्मराज भट्ट, काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत सातौँ जिल्ला अधिवेशनबाट डडेल्धुराको सभापतिमा भीमबहादुर साउद विजयी भएका छन्। 

सभापतिका प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै परशुराम नगरपालिकाका मेयर समेत रहेका साउद प्यानल सहित विजयी भएका हुन्। साउदले ७३४ मत पाए भने ठकुराठीले ७६ मत पाए। यस्तै उपसभापतिमा लक्ष्मीप्रसाद अवस्थी, डिल्लीराज जोशी निर्विरोध निर्वाचित भएका छन्।


सचिवमा चटौत र भण्डारी विजयी भएका छन्।  यस्तै सहसचिवमा प्रेमराज महर र गोबिन्दराज बोहरा निर्विरोध निर्वाचितभएका छन्।

कुल २४ जना महाधिवेशन प्रतिनिधिमा खुला महिला ४, दलित, जनजाति र अपाङ्ग गरि ७ जना सर्वसम्मत भए पनि खुला १० जनामा २१ जना, खसआर्य महिला ३ जनामा ४ र खसआर्य पुरुष ४ जनामा ६ जनाको उम्मेदवारी रहेको छ ।

सर्वसम्मत निर्वाचित हुनेहरूमा खुला सदस्यमा अमरगढी नगरपालिका बाट दुर्लभ सिंह झुकाल, हरि प्रसादअवस्थीविस्नादेवी गैराल, परशुराम नगरपालिकाबाट अर्जुन सिंह साउद, दलबहादुर साउद र बसन्ती देवी पाण्डेय, आलिताल गाउँपालिकाबाट प्रेम बहादुर पातली र गोमती देवीबोहरा, भागेश्वर गाउँपालिकाबाट उपेन्द्र जोरा र शान्तीदेवी जैशी, अजयमेरु गाउँपालिकाबाट रामबहादुर बिष्ट र ईश्वरी चन्द, नवदुर्गा गाउँपालिकाबाट नरबहादुर बिष्ट र उत्तरा रोश्यारा, गन्यापधुरा गाँउपालिकाबाट चन्द्रादेवी बिष्ट रहेका छन्।

यसैगरी महिला खस आर्य तर्फ पशुपति कुमारी बोहरा, जला बिष्ट बोगटी, बसन्ती भण्डारी र लक्ष्मी पनेरु सर्वसम्मत निर्वाचित भएका छन् । दलित महिला सदस्यमा दिपा कामी सर्वसम्मत भएकी छन् भने जनजाती तर्फ बसन्ती देवीथापा सर्वसम्मत निर्वाचित भएकी छन् । 

यसैगरी डडेल्धुरा जिल्ला बाट महाधिवेशन प्रतिनिधीमा आरजू राणा देउवा सर्वसम्मत चयन हुनु भएकी छन्। खुला महिलाबाट राणासहित सरस्वती खड्का, कौशिला भट्ट र कलावती देवी बोहरा सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।

दलित महिला समावेशी महाधिवेशन प्रतिनिधिमा  हरिना देवी कामी र दलित पुरुष समावेसी महाधिवेशन प्रतिनिधीमा सन्तोष जैरु सर्वसम्मत निर्वाचित भएका छन् । समावेशी जनजाती महाधिवेशन प्रतिनिधीमा बलबहादुर गुरुङ र समावेशीअपाङ्ख अल्पसंख्यकतर्फ जय प्रकाश भट्ट सर्वसम्मत निर्वाचित भएका केन्द्रिय निर्वाचनप्रतिनिधी तथा निर्वाचनअधिकृत लोकेन्द्र बहादुर बमले जानकारी दिएका छन् ।प्रतिनिधिमा 

पुनः अधिवेशनको माग गर्दै निर्वाचन समितिमा उजुरी
यता डडेल्धुराको अधिवेशन अवैध रहेको दाबीसहित निर्वाचन समितिमा उजुरी परेको छ। डडेल्धुराका कांग्रेस सभापति कर्ण मल्लले निर्वाचन समितिमा उजुरी दिएका हुन्। क्रियाशील सदस्यता विवाद समाधान नहुँदै एक पक्षीय अधिवेशन गरेको उल्लेख गदै पुनः अधिवेशनको माग गरिएको छ।

जिल्लामै १० दिन अनशन बस्दा नेतृत्वले सुनुवाइ नगरेपछि डडेल्धुराका नेता कार्यकर्ताले मंसिर १ गते देखि केन्द्रीय कार्यालयमा रिले अनशन बसिरहेका छन्। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर  देउवा पक्षले कर्ण मल्ल पक्षलाई पेलेरै वडा सहित जिल्ला र प्रदेश सभा क्षेत्रको अधिवेशन गरेको छ।

गुटको अधिवेशन भयोः मल्ल
सभापति कर्ण बहादुर मल्लले डडेल्धुरामा पृथक तरिकाले गुटको अधिवेशन भएको बताएका छन्। जिल्ला कार्यसमिति सभापति र जिल्ला कार्यसमितिले निर्णय नगरीकन कँही पनि अधिवेशनका प्रकृया नभएको सुनाउँदै मल्लले डडेल्धुरामा मात्रै यस्तो भएको बताए। 

भदौ २३ गते, २९ गते, मंसिर ३ गते र ५ गते गरि पटक पटक निर्वाचन समितिमा उजुरी दिएको भएपनि कुनैपनि सुनवाई नभएको गुनासो गरे। निर्वाचन समितिबाट छलफल गरि निर्णय गर्ने प्रतिक्रिया आएको उनले सुनाए। 

१७ सदस्यीय प्रदेशसभा निर्वाचन क्षेत्रीय समितिका १२ पदाधिकारी केन्द्रीय कार्यालयमा अनशनमा बसिरहेका छन् । प्रदेशसभा (क) को ५ सदस्यीय कार्यसमितिका ३ जना पनि अनशनमा छन्।
शुक्रबार प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन हुँदा त्यहाँका दुईवटै प्रदेशसभा निर्वाचन क्षेत्रीय सभापति भने केन्द्रीय कार्यालयमा अनशनरत छन् । अनशनरत नेताहरूले सभापतिको अनुपस्थितिमा अधिवेशन गर्ने प्रावधान कांग्रेसको कुन विधानमा छ ? भन्दै प्रश्न गरेका छन्। 

कांग्रेसको विधानको धारा १० (६) मा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनको अध्यक्षता सभापतिले गर्ने उल्लेख छ । 

डडेलधुरा कांग्रेसका जिल्ला सभापति कर्णबहादुर मल्लसहित प्रदेशसभा (क) का सभापति मानबहादुर बुढामगर र प्रदेशसभा (ख) का सभापति करुणाकर भट्ट बुधबारदेखि सानेपामा रिले अनशनमा छन् । सभापतिको अनुपस्थितिमा प्रदेशसभा (क)(ख) मा जिल्ला सचिवद्वय क्रमशः हेमराज चटौत र लक्ष्मीदत्त अवस्थीले अधिवेशनको अध्यक्षता गरेका थिए। 

Facebook Comments

हरेक खबर खास खबर