१२ माघ २०७८, बुधबार
गृह डडेल्धुरामा माओवादी नगर कमिटी अध्यक्षले गरे वडा सदस्यमाथी दुर्व्यवहार
डडेल्धुरामा माओवादी नगर कमिटी अध्यक्षले गरे वडा सदस्यमाथी दुर्व्यवहार

काठमाडौं। डडेल्धुराको परशुराम नगरपालिका वडा नं ३ कि वडा सदस्य राजमती ऐरमाथि दुव्र्यवहार भएको आरोप लागेको छ। नेकपा माओवादी केन्द्र परशुराम नगर कमिटी अध्यक्ष शेर सिंह माल (डायमण्ड)ले दुव्र्यवहार गरेको पीडित महिलाले जानकारी दिईन्।

शुक्रबार शिर्षबाट जोगबुडा जाने क्रममा परशुराम नगरपालिका वडा नं ४ र १२ जोड्ने रङ्गुन पुल नजिक बीच बाटोमा दुव्र्यवहार भएको हो।


आफन्तको मोटरसाइकलमा जोगबुडा आइरहेकी उनीमाथि अध्यक्ष मालले काँ जान लागेको, तिमीमाथि मेरो लगानी छ, जति सहयोग गर्दा पनि भएन, अब बोरामा हालेर बगाउनु शिवाय अरु केही छैन भन्दै आफन्तको मोटरसाइकल वाट उतारी गालीगलौज सहित हातपात गरेको वडा सदस्य ऐरले जानकारी दिईन्।

ऐर २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र वाट वडा। नं ३ को महिला वडा सदस्यमा निर्वाचित भएकी थिईन्। बिहीबार नवनिर्वाचित नेपाली काँग्रेस जिल्ला कार्यसमितिको बधाई तथा शुभकामना कार्यक्रम जोगबुडामा आयोजना गरिएको थियो।

ऐर नेपाली काँग्रेस पार्टीमा प्रवेश गर्न जोगबुडा जान लागेको शंका लागेर मालले उनीमाथी हातपात र गालीगलौज गरेको बुझिएको छ।

पिडीतका अनुसार के थियो घटना
पिडीत ऐरले आफु जोगबुडा अस्पताल दाँत दुखेर उपचार गराउन गएको बताईन्। त्यहि दिन काँग्रेसको कार्यक्रम पनि आयोजना गरिएको थियो । काग्रेस प्रवेश गर्न जाँदैछ भनेर र्दुव्यवहार गरेको बताउँदै ऐरले भनिन्, “हामीले कतै जाँदै नपाईने बोल्नै नपाईने हाम्रो पछि पछि लागिरहने , हाम्रो केहि अधिकार छैन, उनले भनिन्। आफु नगर अधिवेशन छोडेर कँहि नजाने पनि उनले डायमण्डलाई जानकारि गराएको बताईन्।

राजमतीका अनुसार डायमण्डले उनलाई जबरजस्ती मोटरसाइकलबाट उतारेर गालीगलौज गरेका थिए। ‘‘मेरो पाखुरा समातेर उतारे। मेरो सुइटरको टाँक समेत टुट्यो। ‘

रंगुन पुलमा पुगेका बेला मेरो छातीमा समायो, र काँ जान लागेको मेरो तिमी माथि कति लगानी लागेको छ, मैले चुनावमा टिकट दिए, कहाँ जाँदैछस् रा.. ’ भनेर तथानाम गाली गरे’ उनले दुखेसो गर्दै भनिन्, ‘म बिचारी एकल महिला, उनले मलाई एक्लो भनेर त्यस्तो गरेका हुन्।’’

काँग्रेसको कार्यक्रममा जाने, पार्टी प्रवेश हुने, भनेर डायमण्डले भन्दा आफुले पार्टी प्रवेश हुनका लागि नभई अस्पताल गएको बताउँदा पनि डायमण्डले कटाल स्थित आफ्नो पसलमा ल्याएर आफुलाई पसल भित्र राखेर म नआउँदासम्म त्यहाबाट कँहि पनि नजानु भनेर भनेको बताईन्।

‘डायमण्डको डरले म कँहि पनि जाँदैन भनेर पसलमै बसिरहे, डायमण्ड निस्किएपछि मात्रै भाँगेर घर फर्किए उनले भनिन्।’ शुक्रबार आफु अस्पताल जाने कामले मात्रै जोगबुडा गएको उनले बताईन्। उनले भनिन्, ‘हाम्रो गाउँका जान्ने सुन्ने भोलीको दिनमा समस्या पर्दा चाहिने नेता डायमण्ड नै हुन् हामीहरु उनको मुख हेरेर बाँचिरहेकोले पनि पार्टी प्रवेश गर्ने कुनै चाहाना थिएन।’

अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले आफुमाथी गरेको दुर्वव्यबहारको सञ्चार माध्यमबाट प्रचार गर्ने र त्यहिबाट न्याय मिल्ने बताईन्। सञ्चार माध्यममा प्रचार गर्दैमा दुर्वव्यवहार गर्नेको छलफल आफै हुने भएकाले सञ्चार माध्यम गुहारेको उनले बताईन्।

आफुले माओवादी केन्द्र परित्याग गरेको बताउँर्दै उनले भनिन्, ‘मैले पार्टी छाडिसके, नगर भेलामा पनि जाँदिन, उनको हप्काई पनि जति सहे सहिसके अबदेखि मलाई धम्की दिने र हप्काउने काम गरेमा ज्यान दिन तयार छु तर अब सहदिनँ।

सब झुट होः अध्यक्ष माल
यता नगर कमिटी अध्यक्ष शेर सिंह मालले भने सबै आरोपहरु झुट भएको बताएका छन्। हामीसँग कुराकानी गर्दै उनले गालीगलौज र हातपातका आरोप सबै झुट रहेको प्रतिक्रिया दिए। उहाँसँग तपाईंको भेट पनि भएको छैन? भन्ने प्रश्नमा उनले भेट नभएको जिकिर गरे।

Facebook Comments

हरेक खबर खास खबर