७ माघ २०७८, शुक्रबार
गृह थाइल्याण्डमा रोशिश लाइ बेष्ट रनवे मोडलको ट्रफि
थाइल्याण्डमा रोशिश लाइ बेष्ट रनवे मोडलको ट्रफि

काठमाण्डौ । मोडलिङ बाट पनि देशको नाम र झण्डा बोकेर देश बिदेश पुगेर आफ्नो देशको प्रचार गर्न सकिन्छ भन्ने थुप्रै उदाहरण छन् तर फेसनको क्षेत्रमा देशको प्रतिनिधित्व गर्ने मोडल लाइ आज सम्म न कुनै सरकारी सहयोग प्राप्त भएको छ न कुनै हौसला नै तर पनि मोडलहरु देशको प्रतिनिधित्व गर्दै देश बिदेशमा हुने फेसन इभेन्टमा सहभागिता जनाउदै आएका छन् यस्तै चर्चित मोडल रोशिश चिकंबन्जार नेपालको प्रतिनित्व गर्दै थाइल्याण्ड पुगेका छन् उनि त्यहा आयोजना भएको थाइल्याण्ड इन्टरनेशनल फेसन फेष्टमा सहभागी हुन बैङकक पुगे र उक्त फेसन फेष्टमा सहभागि पनि भए ।


गत आइतबार बैंककमा सम्पन्न भएको थाइल्याण्ड इन्टरनेशनल फेसन फेष्टमा रोशिशले नेपालको प्रतिनिधित्व गर्दै सहभागि बने । त्यहा उनले बेष्ट रनवे मोडलको ट्रफि पनि हात पारे ।
गत बैसाखमा भक्तपुरमा सम्पन्न भएको किड एण्ड फेसन मोडल २०१९ मा उनि टिनएजर्स को बिधामा उत्कृष्ट बनेका थिए । मोडलिङलाइ नै करिअर बनाएर अगाडि बनेका रोशिश चिकंबन्जारले थाइल्याण्डमा समेत प्रसंसा बटुले । उनको व्यक्तित्व र उनको लुक्सले तारिफ बटुलेको थियो ।


Facebook Comments