७ माघ २०७८, शुक्रबार
गृह मिस्टर मोडल अफ द वल्र्ड २०१८ को उपाधि दिक्पाललाइ , भिआइपि गेष्टको रुपमा राजु र कमल
मिस्टर मोडल अफ द वल्र्ड २०१८ को उपाधि दिक्पाललाइ , भिआइपि गेष्टको रुपमा राजु र कमल

काठमाण्डौ । गत बुधवार म्यानमारको याङगोनमा भएको मिस्टर मोडल अफ द वल्र्ड २०१८ को उपाधि दिक्पाल कार्किले हात पारेका छन् । नेपालको प्रतिनिधित्व गर्दै मोडल दिक्पाल म्यानमार पुगेका हुन् उनको साथमा ड्रिम सर्च एजेन्सीको सिइओ कमल निकोन क्षेत्री र ड्रिम सर्च एजेन्सीका कार्यकारी निर्देशक राजु लामा भिआइपि गेष्टको रुपमा संगै म्यानमार पुगेका हुन् । सर्वाधिक लोकप्रिय यो इभेन्टमा नेपालले बाजी मार्नु गौरवको कुरा भएको ड्रिम सर्च एजेन्सीका कार्यकारी निर्देशक राजु लामा बताउछन् ।


यस प्रकारका इभेन्टमा नेपालले सहभागिता जनाउदा देशको नाम र गौरव बढ्ने हुँदा सरकारी तवर बाट पनि सहयोग हुनु पर्ने लामाको भनाइ छ । मोडल दिक्पालले मुख्य टाइटल मिस्टर मोडल अफ द वल्र्डको उपाधि जिते भने फिलिपिन्सका माकु स्पेलिटा ले मिस्टर मोडल अफ द प्लानेट र मिस्टर मोडल अफ द ग्लोब भने थाइल्याण्डकै मोडल नुट सुकाम आङले जितेका थिए । उक्त कार्यक्रमका १५ भन्दा बढि देशका मोडलले सहभागिता जनाएका थिए ।


Facebook Comments