८ माघ २०७८, शनिबार
गृह ‘राज्यले मोडलिङ क्षेत्रको योगदान देख्न सकेन’ : राजु लामा (कार्यकारी निर्देशक, ड्रिम सर्च एजेन्सी )
‘राज्यले मोडलिङ क्षेत्रको योगदान देख्न सकेन’ : राजु लामा (कार्यकारी निर्देशक, ड्रिम सर्च एजेन्सी )
Raju Lama - Executive Director (Dream Search Agency)

Raju Lama – Executive Director (Dream Search Agency)

मोडलिङ तथा फेसनको क्षेत्रमा अहिले हरेक महिना कुनै न कुनै इभेन्ट भइरहेका हुन्छन् । निजिस्तर बाट आयोजना हुदै आएका यस्तो फेसन तथा मोडलिङ इभेन्टमा युवा पुस्ताको चासो पनि बढ्दो छ । मोडलिङ क्षेत्रमा आयोजना हुने प्रतिस्पर्धा तथा अवार्डले युवापुस्तालाइ हौसला प्रदान गर्दै आएको छ । साथै नेपालमा कुै पेजेन्ट जितेका बिजेताले बिभिन्न देशमा नेपालको प्रतिनिधित्व गर्दै जाने गरेका छन् । तर राज्य स्तर बाट यसरी देशको झण्डा बोकेर जाने मोडल हरुलाइ राज्यले कुनै पनि सहयोग नगरेको ड्रिम सर्च एजेन्सीका कार्यकारी निर्देशक राजु लामा बताउछन् । इभेन्ट आयोजक सस्थाले व्यक्तिगत पहल र व्यक्तिगत खर्चमा बिदेशमा हुने फेसन फेष्टीभलमा सहभागी हुने गरेको जानकारी दिएका छन् ।
सन २०१८ मा म्यानमार मा भएको मिस्टर मोडल अफ द वल्र्डमा नेपालका मोडल दिक्पाल कार्कि बिजयी बने । भिआइपि गेष्टको रुपमा त्यहा पुगेका लामाले त्यहा नेपालका मोडलले १५ वटा भन्दा बढि देशका प्रतियोगीलाइ उछिन्दै बिजयी बने । त्यसबेला त्यहा नेपाल र नेपाली मोडलको तारिफ भयो तर देशमा भने सरकारी पक्ष बाट न त कुनै बधाइ न कुनै सहयोग दियो भन्दै गुनासो व्यक्त गरेका छन् ।
ड्रिम सर्च एजेन्सीमा कार्यकारी निर्देशकको रुपमा कार्यरत लामाले धेरै व्यूटिपेजेन्टको संयोजक भएर काम गरिसकेका छन् भने अन्तराष्ट्रिय फेष्टीभलमा पनि नेपालको प्रतिनिधित्व गर्दै सहभागि भइसकेका छन् ।


Facebook Comments