१२ माघ २०७८, बुधबार
गृह भव्य कार्यक्रम बिच ​डिसेम्बर २६ मा ‘गुनासो’ लोकार्पण हुदै
भव्य कार्यक्रम बिच ​डिसेम्बर २६ मा ‘गुनासो’ लोकार्पण हुदै

लोकप्रिय गीतकार एवं गजलकार हरी उप्रेतीको गजल संग्रह गुनासो बजारमा आउन तयार भएको छ । साहित्य पारखिहरुको लागी गुनासोमा फरक फरक स्वादका गजलहरु समावेश गरिएको साहित्यकार उप्रेती बताउछन् । यसै बिच गजल संग्रह गुनासो यहि डिसेम्बर २६ मा लोकार्पण हुने भएको छ ।
अमेरीकाको ओहायो राज्यको रेनल्डस्बर्ग मा आयोजना हुन लागेको कृति लोकार्पण कार्यक्रममा गजलकार उप्रेतीले बाचन समेत गर्ने भएका छन् । मातृभाषा संरक्षण समुह र कोलम्बस साहित्यीक एवं सास्कृतिक मन्चले आयोजना गर्न लागेको यो कार्यक्रम स्थानिय समय अनुसार बिहान ११ बजे देखि ३ बजे सम्म सन्चालन हुने छ ।

Facebook Comments