१२ माघ २०७८, बुधबार
गृह काँग्रेसको केन्द्रीय सदस्यमा सिंहको उम्मेदवारी दर्ता
काँग्रेसको केन्द्रीय सदस्यमा सिंहको उम्मेदवारी दर्ता

काठमाडौं । पुर्व राज्यमन्त्री नरेश बहादुर सिंहले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंमा जारी १४ औं महाधिवेशनमा शनिबार नेता सिंहले खुला तर्फ केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि उनले बिहिवार पत्रकार सम्मेलन गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका थिए । काङ्ग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि भृकुटीमण्डपमा उद्घाटन भएर निर्वाचन प्रकृया सुरू भएको छ ।


सिंह बझाङ जिल्लाको प्रतिनिधित्व गर्दै नेपाली काँग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय रहँदै आएका छन् । उनले २०३५ सालमा बझाङको बुङ्गगल स्थित सरस्वती माविमा ९ पढ्नेक्रममा नेविसंघको उपाध्यक्षबाट राजनीति सुरू गरेका थिए ।
उनी नेविसंघको केन्द्रीय उपाध्यक्ष र राज्यमन्त्री समेत भइसकेका छन् ।

२०४६ सालको जनआन्दोलनमा सिंह कैलालीको धनगढीमा जेल समेत परेका थिए । पार्टीको केन्द्रीय राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका उनलाई बौद्धिक व्यक्तित्वको रूपमा समेत चिन्ने गरिएको छ ।

Facebook Comments

हरेक खबर खास खबर