१२ माघ २०७८, बुधबार
गृह डडेल्धुराको सिद्धाथानमा अटो दुर्घटना, २ जना घाईते 
डडेल्धुराको सिद्धाथानमा अटो दुर्घटना, २ जना घाईते 

काठमाडौं। डडेल्धुरामा अटो दुर्घटना हुँदा २ जना घाईते भएका छन् । जिल्लाको परशुराम नगरपालिका वडा नं १२ पन्तुराबाट जोगबुडाका लागि छुटेको गणेश भण्डारीको अटो सिद्धाथान नजिक दुर्घटनामा परेको हो । 

दुर्घटनामा बेलुदेवी कामी  र पार्वती कामी सामान्य घाईते भएको र उनीहरूको जोगबुडा अस्पतालमा उपचार भइरहेको छ ।


उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय जोगबुडाले जानकारी दिएको छ। घाइतेमध्ये बेलुदेवीको हात भाँचिएको र पार्वतीलाई सामान्य चोट लागेको छ।

Facebook Comments

हरेक खबर खास खबर