१२ माघ २०७८, बुधबार
गृह मेरो भाइ
मेरो भाइ

ए मेरो भाइ,

तिमी भाइ भएर जन्म लिएउ र त, मँ दिदी हुन पाएँ।


मैले तिमीलाई कहिले ठानेर निर्बल ?

कहिले तिमीलाई बेकुफ अबुझक ठानेर बाबु ?  

बरु मँ त

त्यस अन्जान नाबालक अबुझ अवस्थामा पनि,

तिम्रो जन्मले हर्षित भएकी थिए।

मँ दिदी हुन पाएकोमा ।

अँ मलाई याद छ अझै पनि !

मँ आफूले आफैलाई एकाएक शक्तिशाली ठानेकी थिँए।

जब तेरो त भाइ जन्मियो भन्दै,

थपथपाईयको थिईयो मलाई बढो इज्जतका हातहरुले मेरो टाउकोमा ।

सायद ती थपथपाईहरु बाटै मैले,

यो बुझेकी थिए,

कि म दिदी हुन पाए सौभाग्य पाए।

संसार जिते।

हो मँ साँच्चिकै खुसी भयकी थिए तिम्रो जन्मले,

त्यस नाबालक अवस्थामा पनि।

जुनबेला छिमेकी माइजूले,

पहिलो छोरीपछि पनि ३ वटी छोरी जन्माएकी थिइन्।

र,

छिमेकीहरूले तिम्रो भाग्यमा छोरा नै छैन भन्दै,

ती माइजूलाई गिज्याइरहेका थिए ।

ठिक त्यसैबेला,

मम्मीले मँ पछि तिमीलाई जन्माउदा।

साँच्चिकै मँ खुसी भएकी थिए।

तिम्रो आगमन हुँदा त्यस समय।

जुन समय तिम्रो जन्मले,

छिमेकीहरूको गिज्याईबाट बचाएको थियो मम्मीलाई।।

बाबू तिमी कत्ति पनी अपरिचित नहुनु,

मँ उहीँ दिदी हुँ तिम्री

जो, अन्जान अवस्थामै पनि तिम्रो आगमनले,

महसुस गरेकी थिई संसार जितेको ।।

फरक यत्ति हो, बुझ्नु तिमी।

रहिन केही दशक अगाडीकि तिम्री दिदी।

कि आज,

पढ्न सक्ने भएकी छ यो समाजका गतिविधि।

छर्लङ्ग देख्न सक्ने भएकी छ,

संस्कारसंस्कृतिले निर्देशित गर्ने बाटोहरू।

झस्काई दिएका छन् सामाजिक रितिथितिहरुले,

तिम्री दिदीलाई ।

समग्र समाज पढिरहेछु,

बद्लिएकी मँ तिम्री दिदी यतिबेला,

तिमीलाई यी सबै सबै कुरा बुझाउने प्रयत्न गरिरहेछु।

तिमी भाइ भएरै उचाइ र मँ दिदी हुँदा पनि सतही,

हुनुको परिभाषा, समाजले निर्धारण गरेको यो अर्थ र परिभाषा।

र,

हुनु पर्ने वास्तविक परिभाषा,

मँ तिमीलाई बुझाउन खोजिरहेछु।

आतङ्कित नहुनु तिमी भयभीत नहुनु।।

मँ तिम्री दिदी नै हुँ,

मेरो भाइ।।

Facebook Comments