१२ माघ २०७८, बुधबार
गृह सुमन दाहालको निर्देशनमा ‘यो जीवन मिठो’ सार्वजनिक
सुमन दाहालको निर्देशनमा ‘यो जीवन मिठो’ सार्वजनिक

नयाँ गीत यो जीवन मिठो…को भिडियो शुक्रबार रिलिज गरिएको छ । यो गीतको भिडियोलाई सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरिएको छ । यो जीवन मिठो गीतलाई सुदन डोटेलले लेखेका हुन् । जसमा कृष्ण काफ्ले र रिता केसीको स्वर रहेको छ । यो गीतमा सरोज प्याकुरेलले संगीत र मनोहर सुनामको संगीत संयोजन छ ।
सँयुक्त राज्य अमेरिकामा बसेर पनि म्युजिक भिडियो, लघू चलचित्र तथा लोक दोहोरी कार्यक्रम निर्देशन गर्दै आएका सुमन दाहालको निर्देशनमा यो गीतको भिडियो तयार गरिएको हो । भिडियोलाई सँयुक्त राज्य अमेरिकाको ल्याक्जिङटन शहरका आसपासमा छायाँकन गरिएको हो ।
गीतको भिडियोमा युगल जोडीको प्रेमलाई प्रस्तुत गरिएको छ । जसमा मोडलको रुपमा भुवन लोहनी र अन्जली दियाली प्रस्तुत भएका छन् । उनीहरु रोमान्टिक जोडीको रुपमा भिडियोमा अभिनयरत छन् । नया कलाकार भएर पनि सुमनले उनीहरुलाई परिपक्क कलाकार जस्तै प्रस्तुत गरेका छन् । अक्की शर्माले खिचेको यो गीतको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । जसमा र‍‌ग सँयोजन रेनिश फागोको रहेको छ ।

Facebook Comments