८ माघ २०७८, शनिबार
गृह ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

भोजपुर । भोजपुरमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । दुर्घटनामा आमचोक–९ बोक्सेटारका १८ वर्षीय तेजबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी पाण्डवकुमार राजवंशीले बताए । दुम्मानाबाट रानीटार जाँदै गरेको ना ३ त ८७५१ ट्र्याक्टर आफैँ अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेको र खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

टक बहादुर खाती खासखबर मा कार्यरत छन् । उनी समसामयिक बिषयमा कलम चलाउछन् ।