७ माघ २०७८, शुक्रबार
गृह टिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु
टिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु

भक्तपुर । भक्तपुरमा टिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु भएको छ । जिल्लाको चाँगुनारायण नगरपालिका ९ मा जय व्रह्मायणी इँटा भट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको मिनी टिपरको ठक्करबाट १८ महिने शिशिर मोक्तानको मृत्यु भएको हो ।
टिपरको ठक्करबाट घाइते भएका शिशिरको उपचारका लागि मध्यपुर अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । मृतक शिसिरका बुवा ईश्वर मोक्तान सोहि इँटा भट्टामा कार्यरत छन् । टिपर चालक भक्तपुरको च्यामासिंहका ४० वर्षीय श्याम फैजुलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

Facebook Comments

टक बहादुर खाती खासखबर मा कार्यरत छन् । उनी समसामयिक बिषयमा कलम चलाउछन् ।