८ माघ २०७८, शनिबार
गृह दादुरा–रुबेला बिरुद्धको खोप अभियान शुरु
दादुरा–रुबेला बिरुद्धको खोप अभियान शुरु

बैतडी । बैतडीमा शनिबारदेखि दादुरा–रुबेला बिरुद्धको खोप अभियान शुरु भएको छ । ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा–रुबेला रोग विरुद्ध खोप दिन थालिएको हो ।

पहिलो चरणमा दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका,सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा बालबालिकाहरुलाई खोप लगाईने काम भईरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने ‘अभियानलाई सफल पार्नका लागि सबै स्थानीय तह मार्फत निमन्त्रणा कार्ड समेत वितरण गरेका छौ ।


पहिलो चरणको खोप अभियान चैत ७ गतेसम्म सञ्चालन हुनेछ ।दादुरा–रुबेला खोप अभियानमा १ हजार २ सय ७० स्वयंसेवक खटिएका छन भने २ सय भन्दा बढी स्वास्थ्यकर्र्मी कायरत छन्। । जिल्ला भरिमा जम्मा २७ हजार ४ सय ३४ बालबालिकाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप लगाँइदैछ ।

चैत ८ गते देखि १४ गतेसम्म साथै जिल्लाका अन्य ५ ओटा पालिकामा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।दोश्रो चरणमा पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।

Facebook Comments

टक बहादुर खाती खासखबर मा कार्यरत छन् । उनी समसामयिक बिषयमा कलम चलाउछन् ।