७ माघ २०७८, शुक्रबार
गृह भारतले नेपाल तर्फका चार नाका बाहेक सबै नाका बन्द गर्ने
भारतले नेपाल तर्फका चार नाका बाहेक सबै नाका बन्द गर्ने

भारत । कोरोना भाइरसको बढ्दो संक्रमणका कारणले भारतले नेपाल तर्फका चार वटा नाका बाहेक सवै नाका बन्द गर्ने भएको छ ।
शनिबार राति देखि सवै नाका बन्द गर्ने भारत सरकारले निर्णय गरेको छ । तर, नेपाल तर्फका रक्सौल, सुनौली, बनवाशा र रानीगञ्ज नाका भने सञ्चालनमै रहने जनाएको छ । भारतले नेपाल, भुटान, बांग्लादेश र म्यानमारसँग जोडिएका नाकाहरु बन्द गर्न लागेको हो ।
भारतमा कोरोनाको संक्रमणबाट दुई नागरिकको मृत्यु भएको छ भने ८२ जनामा संक्रमण देखिएको छ । साथै कोरोनाको संक्रमण रोकथामका लागि भारतले नेपाल र भुटानका बाहेक सवै मुलुकका नागरिकलाई प्रवेशमा पनि रोक लगाएको छ ।

Facebook Comments

टक बहादुर खाती खासखबर मा कार्यरत छन् । उनी समसामयिक बिषयमा कलम चलाउछन् ।