१७ मंसिर २०७८, शुक्रबार
गृह लकडाउन उल्लंघन गनेविरुद्ध प्रहरीले थाल्यो कडा कारवाही
लकडाउन उल्लंघन गनेविरुद्ध प्रहरीले थाल्यो कडा कारवाही

काठमाडौं । कोरोना भाइरसको रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गनेविरुद्ध प्रहरी कडा रुपमा कारवाही गर्न थालेको छ । लकडाउन अन्तर्गत आज पाँचै दिनसम्ममा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारी निर्णयको पूर्ण कार्यान्वयनका लागि प्रहरी आक्रामक रुपमा प्रस्तुत हुन थालेको हो । प्रहरीले आज काठमाडौँ उपत्यकाबाट लकडाउन उल्लंघन गर्ने ३ सय ३७ जना जनालाई नियन्त्रणमा लिएको छ ।

सो क्रममा ७० मोटरसाइकल र पाँच चारपाङ्ग्रे गाडीलाई समेत नियन्त्रणमा लिइएको छ । विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले गत चैत ११ गतेबाट लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म अत्यावश्यकबाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख पोखरेले लकडाउनका बारे सबै जनालाई जानकारी भएकाले अब कसैलाई छुट नदिने बताएका छन् ।


Facebook Comments

हरेक खबर खास खबर