१७ मंसिर २०७८, शुक्रबार
गृह कोरोना नियन्त्रणका लागि सरकारले ल्यायो डाँफेहेल्थ डटकम
कोरोना नियन्त्रणका लागि सरकारले ल्यायो डाँफेहेल्थ डटकम

काठमाडौं । सरकारले कोरोना नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न आजदेखि डाँफे हेल्थ डटकम सञ्चालनमा ल्याउने भएको छ । कोरोना भाइरसका बारेमा सही जानकारी तथा सूचना उपलब्ध गराउनका लागि नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका सल्लाहाकार डा. खेमबहादुर कार्कीले आजदेखि डाँफे हेल्थ डटकम सञ्चालनमा आउने बताए ।

सूचना र ज्ञानसीप आदानप्रदान गर्नका लागि डेडि केटेड वेब पोर्टल तयार पारिसकेका बताउदेँ उहाँले आजदेखि लर्निङ पोर्टल पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी दिएका छन् । डाँफे हेल्थ डटकमबाट डाक्टर, स्वास्थ्यकर्मी तथा स्वास्थ्यक्षेत्रमा आबद्ध धेरै व्यक्तिको कोभिड १९ का बारेमा उत्पन्न जिज्ञासा तथा समस्या समाधानका लागि प्रभावकारी हुने अपेक्षा गरिएको उहाँको भनाई छ । विश्व स्वास्थ्य संगठनले जसरी कोभिडको विषयमा जानकारी ल्याइरहेको त्यसैगरी यस वेबसाइटमार्फत् कोभिड नियन्त्रणका लागि सरोकारवाला व्यक्तिहरुको ज्ञान र सीप आदानप्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने डा. कार्कीले स्पष्ट पारे ।


अाइमार्क डिजिटलसँगको सहकार्यमा सञ्चालनमा ल्याउन लागिएको लर्निङ पोर्टलमार्फत् सरकारले डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई अनलाइन तालिमको व्यवस्थासमेत गर्ने जनाएको छ । डाँफे हेल्थ डट कम लग इन गरेपछि कोभिड १९ मा क्लिक गरेर डाइरेक्ट लगइनमार्फत युजर आइडी तथा पासवर्ड बिना लगइन गर्न सकिने आईमार्क डिजिटलका अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताए । उनका अनुसार लर्निङ पोर्टलबाट सर्वसाधारणका साथै स्वास्थ्यकर्मीले प्रमाणित सूचना तथा जानकारी पाउने छन् ।

Facebook Comments

हरेक खबर खास खबर