१७ मंसिर २०७८, शुक्रबार
गृह कोरोना उपचारमा प्रयोग हुने उपकरण ल्याउन वाइडबडी जहाँज चीन जाँदै
कोरोना उपचारमा प्रयोग हुने उपकरण ल्याउन वाइडबडी जहाँज चीन जाँदै

काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग हुने मेडिकल उपकरणहरु लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज चीनको ग्वाङझाओ जाने भएको छ । ए ३३० वाइडबडी जहाज आज दिउँसो साढे १२ बजे काठमाडौंबाट चीनको ग्वाङझाओ प्रस्थान गर्ने छ ।

कार्गो उडानका लागि त्रिभुवन अन्तर्राष्यि विमानस्थलले उडान अनुमति दिइसकेको नेपाल एयरलाइन्सका अपरेशन बिभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिनुभयो । यसअघि चीनमा कोरोना संक्रमण फैलिँदै गएपछि वुहान शहरमा बसोबास गर्ने नेपालीहरुलाई पनि नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट उद्धार गरेर स्वदेश ल्याइएको थियो ।


लुक्लामा आज ५ उडान
नेपाल एयरलाइन्सको ट्विन अटर विमानले लुक्लामा आज ५ उडान गर्दैछ । लुक्लामा अलपत्र बिदेशी पर्यटकको उद्धार गर्न विमान त्यसतर्फ जाने भएको हो । दुई वटा ट्विनअटर जहाजले लुक्लामा ५ वटा उडान गर्न लागेका नेपाल एयरलाइन्सले जनाएको छ । लुक्लाबाट पर्यटकहरुलाई लिन सीता एयरले पनि उडान अनुमति पाएको छ । यसैगरी श्री एयरलाइन्सको हवाईजहाज पोखरामा रहेका पर्यटकहरु लिन जाने छ ।

यसैगरी सुदूर तथा मध्यपश्चिम क्षेत्रमा संकलन भएका कोरोनाका शंकास्पद बिरामीको नमूना ल्याउन नेपाल एयरलाइन्सको जहाज आज नेपालगन्ज जाँदै छ । स्वास्थ्य मन्त्रालयको चार्टर्डको रुपमा नेपाल एयरलाइन्सको वाई १२ ई जहाज नेपालगञ्ज जाने छ । जहाजले कोरोना शंकास्पद विरामीबाट संकलन गरिएका खकारको नमूना लिएर काठमाडौं फर्किने छ ।

Facebook Comments

हरेक खबर खास खबर