१८ मंसिर २०७८, शनिबार
गृह इटालीमा एकैदिन ९ सय १९ जनाको मृत्यु, अवस्था अझै भयावह हुने चेतावनि
इटालीमा एकैदिन ९ सय १९ जनाको मृत्यु, अवस्था अझै भयावह हुने चेतावनि

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण इटालीमा एकैदिन ९ सय १९ जनाको मृत्यु भएको छ । इटालीमा कोरोना महामारी फैलिएपछि एकैदिन पहिलो पटक यति धेरै मानिसको ज्यान गएको हो । यो संगै कोरोना संक्रमणबाट इटलीमा मृत्यु हुनेको संख्या ९ हजार १ सय ३४ पुगेको छ । करिब ६ हजार नयाँ संक्रमित पुष्टि भएपछि संक्रमितको संख्या ८६ हजार ५ सय पुगेको छ ।

विज्ञहरुले कोरोना संक्रमण नियन्त्रणमा कुनै पनि मुलुकले अझै पनि हेलचेक्र्याई गरे उनीहरुको अबस्था यो भन्दा भयावह हुने चेतावनी दिएका छन् । विश्वभर २७ हजार ३ सय ४३ जनाको मृत्यु भएको छ । ५ लाख ९६ हजार बढीमा संक्रमणको पुष्टि भइसकेको छ । संक्रमितहरु मध्ये १ लाख ३३ हजार निको पनि भएका छन् । इरानमा २ हजार ३ सय ७८ व्यक्तिको मृत्यु भइसकेको छ भने ३२ हजार ३ सय ३२ जना संक्रमित छन् ।


स्पेनमा थप ७ सय ७३ जनाको मृत्यु भएको छ । त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार १ सय ३८ पुगेको छ । संक्रमितको संख्या ६५ हजार ७ सय १९ पुगेको छ । अमेरिकामा थप ४ सय जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या १६ सय ९५ जनाको मृत्यु भएको छ भने एक लाख ४ हजार संक्रमित भएका छन् । फ्रान्समा १ हजार ९ सय ९५ जनाको मृत्यु भएको छ । ३२ हजार ९ सय ६४ संक्रमित छन् । दक्षिण कोरियामा कोरोना संक्रमणको फैलावट रोकिएको देखिएको छ । छिमेकी मुलुक भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २० र संक्रमितको संख्या ८ सय ८७ पुगेको छ ।

Facebook Comments

हरेक खबर खास खबर