१८ मंसिर २०७८, शनिबार
गृह नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा दुर्घटना
नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा दुर्घटना

नेपालगञ्ज । काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ । कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणको क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिएका छन् ।

विमानमा रहेका नेपालगन्जको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका दुईजना डाक्टर, दुई जना विमान चालक र एकजना एयर होस्टेल सबै सकुशल छन् । घटनामा मानवीय क्षति नभएपनि विमानमा सामान्य क्षति पुगेको बताइएको छ ।
अब नेपालगञ्जमा कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन अर्को विमान पठाउने तयारी गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणकचा महानिर्देशक राजन पोखरेलले विमान प्राविधिक टोलीले मर्मत गरेपछि मात्र उड्ने जानकारी दिएका छन् ।


Facebook Comments

हरेक खबर खास खबर