२२ मंसिर २०७८, बुधबार
गृह कोरोना जोखिमबाट जोगाउन हटिया सारियो
कोरोना जोखिमबाट जोगाउन हटिया सारियो

राजविराज । झोला बोकेर आएका ग्राहकहरुलाई वडा नम्बर १ का वडा अध्यक्ष मागीलाल नाईले पसलेभन्दा केही पर दुरीमा उभ्याए । अर्को ग्राहक आएपछि उनलाई दुई मिटरको दुरीमा उभिएर पर्खन लगाए । शनिबार बिहानदेखि रंगशालास्थित खेलमैदानमा लागेको तरकारी हाटलाई व्यवस्थित गर्न वडा अध्यक्ष नाई स्वयम्सेवकको भूमिका निर्वाह गरिरहेका थिए । ग्राहकहरुबीचको दुरी कायम गरी किनमेल गर्न वडा अध्यक्षलाई सप्तरी युथ नेपालका बिष्णु यादवले सहयोग गरिरहेका थिए ।

साविकको गुदरी हटियालाई व्यवस्थित बजार बनाउन हाल भौतिक संरचना निर्माण भइरहेकाले हटिया झनै साँघुरो बनेको छ । साँघुरो हाटमा हुने भिंडभाडले संक्रमणको जोखिम बढेको जनगुनासो पछि फराकिलो खेल मैदान रहेको रंगशालामा तरकारी हटिया सञ्चालन गरिएको वडा अध्यक्ष नाईले बताए । नाईका अनुसार प्रत्येक बिहान छ बजेदेखि नौ बजेसम्म भौतिक दुरी कायम गरी तरकारी किनमेल हुने छ ।कोरोना भाइरस रोकथाम गर्न र फैलिन नदिन फराकिलो रहेको रंगशाला खेल मैदान तरकारी हाटका लागि उपयुक्त रहेको भन्दै बिष्णु यादवले व्यक्तिबीचको दुरी कायमलाई व्यवस्थित गर्न र बानी पार्न केही दिन थोरै युवालाई स्वयमसेवकका रुपमा परिचालित गरिएको बताए । उनले तरकारी व्यापारीहरुबीच दुई मिटर र ग्राहकहरुबीच एक मिटरको दुरी कायम गरी घेरा चिन्ह भित्र बसेर तरकारी खरिद गर्नुपर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।


सबै वडाका ग्राहकहरु बजारको मुख्य तरकारी हाट नै जाने गरेकाले अत्यधिक भिंड हुने गरेको छ । सिंगो राजविराजको भिंडलाई न्यून गर्न नगरपालिकाको १६ वटै वडामा फराकिलो स्थानमा तरकारी हटिया सञ्चालन गर्न नगरपालिकाले स्थानको खोजी सुरु गरेको छ । नगर प्रमुख शम्भुप्रसाद यादवका अनुसार १० वटा वडा अध्यक्षले स्थान खोजी गरिसकेकोले पूर्वाधार हेरी निर्णय गरेर सञ्चालन गरिने बताए ।लकडाउन अवधिभर दैनिक उपभोग्य खाद्यान्न बस्तु घर–घरमा पु¥याउन शनिबारदेखि अनलाइन पसल पनि सञ्चालन भएको छ । खाद्यान्न सामग्री घर–घरमा पु¥याउन स्थानीय रमेश किराना पसल र निर्मल किराना पसललाई नगरपालिकाले जिम्मा दिनएको छ । Annapurna Post

Facebook Comments

हरेक खबर खास खबर