१७ मंसिर २०७८, शुक्रबार
गृह कोरोना भाइरसबाट एकै दिन बाबुछोरीको मृत्यु
कोरोना भाइरसबाट एकै दिन बाबुछोरीको मृत्यु

काठमाडौं । बेलायतमा बुधबार कोरोना भाइरस ९कोभिड–१९० को कारण एकैदिन बाबुछोरीको ज्यान गएको छ । लण्डनको हिथ्रो विमानस्थलको टर्मिनल ३ मा काम गर्ने ६१ वर्षीय एक आप्रवासी कामदारको भाइरसबाट ज्यान गएको २४ घन्टाभित्रै ३३ वर्षीया छोरीको पनि यो भाइरसको कारण ज्यान गएको हो ।

‘द सन’ का अनुसार बाबुको नाम सुधीर शर्मा हो । उनी आप्रवासी कामदारको रुपमा विमानस्थलमा काम गर्दै आएका थिए । उनकी छोरी पूजा भने फार्मेसिस्ट थिइन् । ७ जनवरीमा अन्तिमपटक उनी काममा आएकाले ड्युटीको क्रममा उनलाई कोरोना भाइरसको संक्रमण नभएको अधिकारीहरुले बताएका छन् । उनलाई बाहिरैबाट संक्रमण भएको बताइएको छ । उनी आफ्नो स्वास्थ्यमा समस्या देखिएको भन्दै बिदामा बसेका थिए ।


Facebook Comments

हरेक खबर खास खबर