१८ मंसिर २०७८, शनिबार
गृह गायक कलौनीले गरे घर बाहिर ननिस्किन विशेष अनुरोध
गायक कलौनीले गरे घर बाहिर ननिस्किन विशेष अनुरोध

काठमाडाै‌ं । बिश्व महामारीको रुपमा चरम सङ्क्रमण फैलिरहेको नोबेल कोरोना भाईरस बाट बच्न घर भित्र सेल्फ क्वारेन्टाईनमा बस्न गायक नवराज कलौनीले विशेष अनुरोध गरेका छ्न। यो समय सरकारलाई भन्दा पनि आफु र आफ्नो परिवारलाई सहयोग गर्नुपर्ने समय भएकोले सरकारले अनुरोध गरे बमोजिम घरमै बस्न उनले अनुरोध गरेका छन। कोरोना भाईरसको सम्भावित जोखिमको आभाष जनमानसमा पर्याप्त हुन सकेको छैन।

शहर बजार तिर प्रहरीको नियन्त्रण अलावा गाउँ घर तिर अझै पनि भेला हुने, गफगाफ गर्ने, आफन्ती भेट्ने, छरछिमेकमा जम्मा हुने लगायतका क्रियाकलाप जारी नै छन। यस बाट भविष्यमा आउन सक्ने डरलाग्दो परिस्थिति बाट जोगिन गायक कलौनीले विशेष आग्रह गरेका छन। उनले यस परिस्थितिलाई हल्का रुपमा नलिन तथा यसको भयावह स्थितीलाई बुझ्न समेत सबैमा अपिल गरेका छन।


Facebook Comments

हरेक खबर खास खबर