२२ मंसिर २०७८, बुधबार
गृह लकडाउका समयमा प्राथना गर्ने दुइ क्रिश्चियन पास्टर पक्राउ
लकडाउका समयमा प्राथना गर्ने दुइ क्रिश्चियन पास्टर पक्राउ

सुर्खेत । सरकारले देशभर लकडाउन गरेका बेला चर्चमा प्रार्थना गर्ने दुइ चर्चका पास्टरलाइ सुर्खेत प्रहरीले पक्राउ गरेको छ । आम नागरिकलाई भेला गराई चर्चमा प्रार्थनाका नाउँमा कोरोना संक्रमण हुनसक्ने जोखिम बढाएको बताउँदै जिल्ला प्रहरी कार्यालयले शनिवार बिहान दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

‘फिस्टे मण्डली एअरपोर्ट चर्चका पास्टर मोहन गुरुङ र करेखोलामा सञ्चालन गरिरहेको निष्ट एजी चर्चका पास्टर प्रेमबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिइएको हो । उनीहरुमाथि कानून अनुसार कारवाही हुने बताइएको छ । शनिवारको दिन धेरै नागरिकलाई भेला पारेर प्रार्थना गराइरहेको सूचना प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई प्राप्त भएपछि प्रदेश सरकारको सक्रियतामा उनीहरु दुवै जना नियन्त्रणमा परेका हुन् ।


धर्मका नाउँमा कोरोना संक्रमण बढ्ने खतरा भएको देखिएको हुँदा त्यसलाई रोक्न आफूले निर्देशन दिएको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताए ।

Facebook Comments

हरेक खबर खास खबर