२२ मंसिर २०७८, बुधबार
गृह Breaking:बेल्जियमबाट आएकी युवतीमा पनि देखियो कोरोना संक्रमण
Breaking:बेल्जियमबाट आएकी युवतीमा पनि देखियो कोरोना संक्रमण

काठमाडौं । नेपालमा शनिबार(आज) पुनः एक जनाको कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबार दिउँसो पत्रकारसम्मेलन गरी बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको बताए । याेसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । संक्रमित युवतीको उपचार भैरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।  उनी गत चैत्र ४ गते कतार एयरवेजको क्यु आर ६५२ विमानबाट नेपाल आएको बताइएको छ ।

‘उहाँ चैत ४ गते (१७ मार्च) मा कतार एयरवेजको क्युआर ६५२ फ्लाइटबाट आउनुभएको थियो,’ देवकोटाले भने,‘उहाँ अहिले चिकित्सकको सम्पर्कमा हुनुहुन्छ। उहाँको अवस्था अहिले सामान्य छ।’


Facebook Comments

हरेक खबर खास खबर