१८ मंसिर २०७८, शनिबार
गृह नाका खोल्ने निर्णय गरेको तीन दिनसम्म पनि खुलेन रसुवागढी नाका
नाका खोल्ने निर्णय गरेको तीन दिनसम्म पनि खुलेन रसुवागढी नाका

रसुवागढी । विश्वब्यापी रुपमा महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड (१९) को प्रभाव वढिरहेका वेला त्यसको न्युनीकरणका लागि छिमेकी देश चीनवाट आवश्यक औषधिलगाउतका सामान आयात गर्नका लागि सरकारले रसुवागढी नाका खोल्ने निर्णय गरेपनि त्यसको कार्यान्यन हुन सकेको छैन् । नाका खोल्नका लागि निर्णय गरिएको तीन दिन वितिसक्दासमेत नाका खुलेको छैन् ।

सरकारले नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी तथा तातोपानी नाका खोल्ने निर्णय यहि चैत्र १३ गते गरेको हो । तर, शनिवारसम्म पनि रसुवागढी नाका नखुलेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले रसुवागढी र तातोपानी नाका खोल्नका लागि सरकारले निर्णय गरेको भएपनि कसरी खुलाउने भन्ने विषयमा आफुलाई असिहलेसम्म कुनै पनि निर्देशन नआएको बताए । आवश्यक तयारी हुदै गरेको भएर होला, नाका खोल्ने निर्णय भएको आफुले पनि थाहा पाएको, तर कसरी खोल्ने भन्ने विषयमा कुनै परिपत्र वा निर्देशन नआएको प्रजिअ भण्डारीले वताए ।


नाका खुलाउने विषयमा आन्तरिक तयारी गरिरहेपनि कसरी खुलाउने भन्ने निर्देशन आइनसकेकाले रसुवागढी नाका भने खुल्ला भइनसकेको उनको भनाई छ । रसुवागढी नाका काठमाडौदेखि एकसय ५२ किलोमिटर उत्तर भोटेकोशी नदी किनारामा रहेको छ । सरकारले रसुवागढी नाका सन्चालन गर्ने निर्णय गरेको तीन दिन वितिसक्दासमेत नखुल्दा आवस्यक समन्वयको अभाव देखिएको छ । रसुवागढी नाका चीनमा कोरोनाको संक्रमण वढेपछि गत माघ १५ गतेदेखि ठप्प रहेको छ ।

उचित परामर्श तथा समन्वयको अभावमा सरकारीस्तरवाट निर्णय हुंदासमेत रसुवागढी नाका कसरी खोल्ने भन्ने बारे अन्योल देखिएको छ । सरकारले अत्यावश्यक सामान ढुवानीका लागि चीनसँगका नाका खुल्ला गर्ने निर्णय गरेपनि नाका कसरी खुलाउने भन्ने निर्देशन नदिँदा अन्योल भएको हो । रोकिएका सामान ल्याउन व्यवसायीले तयारी थालेका छन् । तर, सामग्री ल्याउन लागि गाडी कसरि पठाउने भन्ने अन्योल रहेको बताएका छन् ।

रसुवागढीदेखि २४ किलोमिटर दुरीको तिव्वतस्थित केरुङमा रोकिएर रहेका अत्यावश्यक सामग्री ल्याउनेबारे छलफल भइरहेको ब्यवसायीको भनाई छ । रसुवागढी नाकाबाट अत्यावश्यक सामान ल्याउँदा सुरक्षित रुपमा जाँचपास गर्न कुनै समस्या नरहेको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए । रसुवागढी भन्सार कार्यालय टिमुरेवाट नियमित रुपमा हुने कार्यहरु भइरहेको उहाँउनले वताए । पहिलो चरणमा आउने सामानहरुका साथै पठाउने ड्राइभर तथा अत्यास्यक सामानहरुको सुचिकरण गर्ने कार्य भइरहेको आफुले जानकारी पाएको उनको भनाई छ ।

खड्काले अगाडि भने–अवको दुई/तीन दिनमा रसुवागढी नाकामा चीनवाट सामग्री आउने सम्भावना रहेको छ । नाकामा अहिले थोरै गाडीमात्र राखिएको छ । चीनको केरुङमा रहेका सामग्री आयातका लागि दुई सय थान कन्टेनर आवश्यक पर्ने ब्यवसायीले बताएका छन् । नाका सञ्चालनमा आएपनि मानिसलाई आवतजावत गर्न भने रोक लगाइने तयारी छ ।

Facebook Comments

हरेक खबर खास खबर