१८ मंसिर २०७८, शनिबार
गृह कोेरोना रोकथामका लागि कर्णाली विपद् कोषमा १० लाख सहयोग
कोेरोना रोकथामका लागि कर्णाली विपद् कोषमा १० लाख सहयोग

सुर्खेत । कर्णालीमा कोरोना रोकथामका लागि स्थापना गरिएको विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंकले १० लाख रुपैयाँ सहयोग गरेको छ । कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् कोषमा सिद्धार्थ बैंकको कर्णाली प्रदेश कार्यालयले सो रकम प्रदान गरेको हो । बैंकले शनिवार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सहयोगको चेक हस्तान्तरण गरेको हो ।
कोरोना भाइरस (कोभिड (१९) रोकथाम तथा नियन्त्रण लागि कर्णालीमा प्रदेश सरकारले यसअघि ५० करोडको प्रदेश विपद् व्यवस्थापन कोष स्थापना गरिसकेको छ । त्यही कोषमा बैंकले दश लाख रुपैयाँ जम्मा गरेको हो । मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीका अनुसार सिद्धार्थ बैंकको तर्फबाट बैंकको कर्णाली प्रदेश कार्यालय प्रमुख रञ्जन कोइरालाले चेक हस्तान्तरण गरेका हुन् ।

यस्तै विपद् व्यवस्थापन कोषमा दैलेखको नौमुले गाउँपालिका–३ द्वारी निवासी पदमबहादुर बिश्वकर्माले व्यक्तिगत रुपमा ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । कोरोनाको संक्रमण रोकथाममा सहयोग पुगोस् भनेर चेक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हस्तान्तरण गरेको विश्वकर्माले बताए । कोरोनाको प्रतिकार्यका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपद् कोषमा उद्योग, व्यसायी, जनप्रतिनिधि लगायतलाई सहयोगको अपिल गरेको छ ।


यो कोषमा प्रदेशका मन्त्री र मुख्यमन्त्रीको सचिवायलयमा कार्यरत कर्मचारीहरुले एक महिनाको तलब दिने घोषणा गरिसकेका छन् । कोषमा सहयोग जुट्न थालेपछि मुख्यमन्त्री शाहीले सबैको सामुहिक प्रयासबाट कोरोना नियन्त्रण गर्न सकिने बताए । प्रदेश सरकारले कोषमा सहयोग गर्न सार्वजनिक अपिल गरेको छ ।

Facebook Comments

हरेक खबर खास खबर