१७ मंसिर २०७८, शुक्रबार
गृह लकडाउन लम्बिन सक्ने, आज निर्णय हुँदै
लकडाउन लम्बिन सक्ने, आज निर्णय हुँदै

काठमाडौं । विश्वब्यापी महामारिका रुपमा फैलिरहेको कोरोना भाइरस कोभीड–१९ संक्रमण रोक्नका लागि सरकारले गत मंगलबारबाट गरेको लकडाउनको अवधी लम्बिन सक्ने भएको छ । नेपालमा पनि दिनप्रतिदिन कोरोना संक्रमितहरु भेटिन थालेपछि कोरोना संक्रमण फैलिने सम्भावना बढि भएकाले सरकारले लकडाउन लम्ब्याउने तयारि गरेको हो । यसबारे सरकारको निर्णय आज आउन सक्ने बताइएको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका अनुसार अहिले नै नेपाली समाजमा ढुक्क हुने अवस्था नआइसकेकाले लकडाउन खोल्न सकिने वातावरण नभएको बताइएको छ । सरकारले ११ चैतदेखि लागु हुने गरि १८ गते विहानसम्मका लागि एक साताका लागि लकडाउनको घोषणा गरेको थियो । नेपालले लकडाउन घोषणा गरेलगत्तै भारतले २१ दिने लकडाउनको घोषणा गरको थियो ।


Facebook Comments

हरेक खबर खास खबर