१८ मंसिर २०७८, शनिबार
गृह कोरोना परिक्षण अब धरानबाट पनि हुने
कोरोना परिक्षण अब धरानबाट पनि हुने

धरान । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजबाट कोरोना परिक्षण हुने भएको छ । प्रदेश १ र २ का कोरोना भाइरस आशंका गरिएका बिरामीलाई लक्षित गरी प्रतिस्ठानमा परिक्षण प्रयोगशाला स्थापना गरिएको हो । प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. सञ्जीवकुमार शर्माले प्रयोगशालाबाट दैनिक १२ जनाको स्वाब परिक्षण गरिने जानकारी दिए ।

ल्याबको क्षमता अधिकतम उपयोग गर्दा दिनमा ३० वटासम्म परीक्षण गर्न सकिने प्रतिष्ठानले जनाएको छ । बिरामीको आजदेखि प्रतिष्ठानमा तयार भएको ल्याबबाट स्वाब परीक्षणको कार्य सुरु हुने भएपछि नमुना राजधानी ल्याउनुपर्ने झन्झट हट्ने भएको छ । यसअघि कोरोना संक्रमणको परीक्षण काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्र हुँदै आएको थियो । स्थापित प्रयोगशालाको परीक्षण पुष्टि गर्न सुरुवातमा पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने तयारी छ । केही परीक्षणहरू काठमाडौं पठाएपछि त्यसमा समानता आएमा परीक्षणले मान्यता पाउनेछ ।


Facebook Comments

हरेक खबर खास खबर