२२ मंसिर २०७८, बुधबार
गृह दिल्लीबाट हिडेर घर जाँदा मजदुरको मृत्यु
दिल्लीबाट हिडेर घर जाँदा मजदुरको मृत्यु

नयाँ दिल्ली । भारतको मध्यप्रदेशको मौनुवास्थित आफ्नो घर जान पैदल हिडेका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३९ वर्षीय रणवीर सिंह रहेका छन् । उनी दिल्लीबाट आफ्नो घर जान हिडेका थिए । टाइम्स अफ इन्डियाको रिपोर्टअनुसार दिल्लीको एक प्राइभेट रेस्टुराँमा होम डेलिभरी म्यानका रुपमा काम गर्दै आएका रणवीरको मृत्यु आगरामा दुई सय किलोमिटरको यात्रा तय गरे पश्चात भएको हो ।

तीन सन्तानका पिता रणवीर दिल्लीबाट पैदल मध्य प्रदेश जाँदै थिए । प्रहरीका अनुसार रणवीर पैदल हिन्दाहिन्दै नेशनल हाइवे–२ को कैलाश मोडमा बेहोश भएर ढलेका थिए । सिकन्दरा प्रहरी चौकीका हाउस अफिसर अरविंद कुमारका अनुसार पोस्टमार्टम रिपोर्टमा हर्ट अट्याकका कारण उनको मृत्यु भएको हो । यद्यपि उनका दुई सय किलोमिटर लामो पैदल यात्रालाई पनि प्रहरीले मृत्युको कारण बताइरहेको छ । भारतमा जारी २१ दिने देशव्यापी लक डाउनका दौरान प्रवासी मजदुरहरु ठूलो संख्यामा आ–आप्mनो घर पैदल गइरहेका छन् ।


Facebook Comments

हरेक खबर खास खबर