१७ मंसिर २०७८, शुक्रबार
गृह कुटपिटमा परि वडाध्यक्ष घाइते, अज्ञात समुहले हातखुट्टा भाँचिदियो
कुटपिटमा परि वडाध्यक्ष घाइते, अज्ञात समुहले हातखुट्टा भाँचिदियो

जाजरकोट । जाजरकोटको जाजरकोटको छेडागाड नगरपालिका ११ का वडाध्यक्ष चक्रबहादुर सिंहमाथी कुटपिट भएको छ । शनिबार बेलुका गाउँ नजिकैबाट घर फर्कने क्रममा मुखमा पट्टी लगाएका ४÷५ जनाको समूहले मरनासन्न हुने गरी कुटपिट गर्दा उनको दुवै खुट्टा र एउटा हात भाँचिएको नगरप्रमुख लालबहादुर महताराले बताए । घटनाबारे अहिलेसम्म केही खुल्न नसकेको नगरप्रमुख महताराको भनाइ छ ।

उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको छ । भारतलगायतका मुलुकबाट भर्खर गाउँ पुगेका मानिसलाई होम क्वारेन्टाइनमा राख्न र आवश्यक तथ्यांक संकलनमा जुटेका अध्यक्ष सिंहमाथि आक्रमण भएको हो । अध्यक्ष सिंहको स्वास्थ्यलाभको कामना गदै नगरप्रमुख महताराले दोषी पत्ता लगाई आवश्यक कारबाही गर्न माग गरेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने समुह पत्ता लगाई आवश्यक कारबाही गर्न इलाका प्रहरी कार्यालय बडावनबाट एक टोली खटाइ सकिएको जिल्ला प्रहरी प्रमुख किशोर कुमार श्रेष्ठले बताए ।


Facebook Comments

हरेक खबर खास खबर