१८ मंसिर २०७८, शनिबार
गृह स्वास्थ्यकर्मीलाई पठाइएको पीपीई प्रशासनका कर्मचारीले प्रयोग गरे
स्वास्थ्यकर्मीलाई पठाइएको पीपीई प्रशासनका कर्मचारीले प्रयोग गरे

पाल्पा । पाल्पामा स्वास्थ्यकर्मीका लागि पठाइएको पीपीई सेट र मास्क जिल्ला प्रशासनका कर्मचारीले प्रयोग गरेको पाइएको छ । पाल्पाको सीजी सिमेन्ट इन्डस्ट्रिज प्रालीले पाल्पा अस्पतालका स्वास्थ्यकर्मीका लागि प्रदान गरेको पाँच सेट पीपीई र मास्क प्रशासनका कर्मचारीले प्रयोग गरेका हुन् । सिजी सिमेन्टका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी यादव सुवेदीलाई गएको चैत १२ गते उनकै कार्यालयमा पुगेर पीपीई सेट हस्तान्तरण गरेका थिए ।

चैत १३ गते बेलुकी पाल्पा अस्पतालका सुपरिन्टेन्डेन्ट पुष्प ज्ञवालीलाई प्रशासनले हस्तान्तरण गरेको पीपीई सेट खोलिएको र मास्क नभएको अवस्थामा थियो । मास्क र पीपीईको दुरुपयोगको भएको भन्दै जिल्लाका जनप्रतिनिधिहरुले सम्बन्धित कर्मचारीलाई कारबाहीको माग गरेका छन् ।


Facebook Comments

हरेक खबर खास खबर