१७ मंसिर २०७८, शुक्रबार
गृह कोरोना कहरः कैलालीमा अपरिचितलाई प्रवेशमा रोक
कोरोना कहरः कैलालीमा अपरिचितलाई प्रवेशमा रोक

कैलाली । कैलालीको धनगढीका एक युवामा कोरोना संक्रमण पुष्टि भएपछि धनगढी आसपासका गाउँहरुमा स्थानीयले नै कडाइ गर्न थालेका छन् । उनीहरुले सडक बन्द गरी लकडाउनको पालना गर्न अनुरोध समेत गरिरहेका छन् । गाउँघरमा अपरचित मानिसहरु आए स्थानीयले प्रवेश निषेध गरेका छन् भने सडकमा काठहरु राखेर आवजावत बन्द गरेका छन् ।
धनगढी वडा नं १३ स्थित राजपुर राना टोलमा सडकबाट आवतजावत बन्द गरेको स्थानीय दिल महराले जानकारी दिएका छन् ।

यो सडकबाट भारतीय सीमा क्षेत्रमा रहेका चोर नाका हुँदै दैनिक ५० जना भारतीय र नेपाली आवतजावत गर्ने गरेपछि रोग संक्रमण हुनबाट बच्न आफूहरुले बाँध्य भएर कडाइ गर्नुपरेको उनको भनाइ छ । भारतवाट राजघाट गाउँमा धेरै मानिसहरु आएका छन् तर उनीहरुलाई क्वारेन्टाइनमा समेत राखिएको छैन । आजभोलि धनगढीका आसपासका धेरैजसो क्षेत्रहरुमा कडाइ थालिएको बताइएको छ । चैत्र ११ गते सेति प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना भएका युवकमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि धनगढी आसपासका क्षेत्रहरुमा कडाइ थालिएको हो । त्यसैगरी आज भारतवाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेका ८ जनालाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको छ ।


Facebook Comments

हरेक खबर खास खबर