१७ मंसिर २०७८, शुक्रबार
गृह कोरोना भाइरस आशंका गरिएका युवाको मृत्यु
कोरोना भाइरस आशंका गरिएका युवाको मृत्यु

बुटवल । कोरोना भाइरसको संक्रमणको आशंकामा रुपन्देहीको बुटवलस्थित कोरोना अस्पतालमा भर्ना भएका एक जनाको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालका अनुसार क्यारेन्टाइनमा राखिएका सैनामैना नगरपालिका मुर्गियाका ३४ वर्षिया एक जनाको मृत्यु भएको हो ।

उनी १३ गते कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा भर्ना भएका थिए । उनको स्वाब परीक्षणका लागि बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । वैदेशिक रोजगारिको क्रममा रहेका उनी चैत ८ गते दुबईबाट नेपाल आएका थिए । बिरामीको मृत्यु भएपछि अहिले अस्पताले बैठक बसेको छ । बैठकपछि थप जानकारी गराइने बताइएकोे छ ।


Facebook Comments

हरेक खबर खास खबर