१७ मंसिर २०७८, शुक्रबार
गृह वैदेशिक रोजगारीमा जानेहरूको बिमा अनलाइन मार्फत
वैदेशिक रोजगारीमा जानेहरूको बिमा अनलाइन मार्फत

काठमाडौं । बिमा समितिले वैदेशिक रोजगारीमा जानेहरूको अनलाइन मार्र्फत सेवा दिने भएको छ । समितिले आज जीवन बिमा कम्पनीकहरूका लागि निर्देशन जारी गर्दै म्यादी बिमाको शुल्क अनलाइन मार्फत भुक्तानी गर्ने र आवाश्यकता अनुसार डिजिटल बिमालेख समेत जारी गर्न निर्देशन दिएको हो ।

समितिले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गरेको तर विदेश प्रस्थान गर्नुअघि ३ महिना र बिमा अवधि समाप्त नहुँदै अर्को भिसा प्रोसेस गर्न लाग्ने ३ महिना गरी थप ६ महिना मात्र लागु हुने गरी बिमा गर्न समिति कम्पनीहरूलाई निर्देशन दिएको छ । यसअघि यस्तो अवधि १ वर्ष रहने गरेको थियो ।


समितिले विदेशस्थित कूटनीतिक नियोगबाट पुनः श्रम स्वीकृतिका लागि आवेदन दिँदा अवधि थप गर्न लाग्ने बिमाशुल्क पनि अनलाइन मार्फत तिर्न मिल्ने व्यवस्था गर्न र आवश्यकता अनुसार वैदेशिक रोजगार विभाग र बिमा समितिसँग समन्वयन गर्न बिमा कम्पनीलाई निर्देशन दिएको छ ।

Facebook Comments

हरेक खबर खास खबर