१७ मंसिर २०७८, शुक्रबार
गृह स्वास्थ्य उपकरणमा अनियमितता छैन, महंगो भएको होला : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य उपकरणमा अनियमितता छैन, महंगो भएको होला : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस कोभीड–१९ को संक्रमण रोकथाम तथा उपचारमा चाहिने उपकरण खरिदमा अनियमितता नभएको स्पष्ठ पारेको छ । मन्त्रालयले एन ९५ मास्क, पीपीई लगायतका उपकरण आज काठमाडौं ल्याएको थियो ।

तर एन–९५ लगायतका मास्कको महंगो मूल्यमा किनिएको भन्दै सरकारको आलोचना भएको छ । खरिदमा अनियमितता नभएको तर केही महंगो परेको हुनसक्ने मन्त्रालयले स्विकार गरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सामान खरिदमा कुनै अनियमितता नभएको दाबी गरे । लकडाउन सुरु भएलगत्तै मन्त्रालयले स्वास्थ्य सामाग्रीका सप्लायर्सहरुसँग छलफल गरेको र उनीहरु मध्ये दुईवटाले मात्र प्रस्ताव गरेको उनको भनाइ छ ।


Facebook Comments

हरेक खबर खास खबर