१७ मंसिर २०७८, शुक्रबार
गृह लकडाउन ७ दिन थप गर्ने सरकारको निर्णय
लकडाउन ७ दिन थप गर्ने सरकारको निर्णय

काठमाडाैं । कोरोना भाइरस फैलन नदिन सरकारले गरेको लकडाउन थप ७ दिन लम्बिने भएको छ । आज बसेको मनित्रपरिषद् बैठकले ७ दिन लकडाउने बढाउने निर्णय गरेको हो । यो निर्णयसँगै चैत २५ गते राति १२ बजेसम्म लकडाउन हुने भएको छ। यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो ।

जसअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ७ दिन थप्ने निर्णय गरेको हो । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । त्यसपछि पनि थप ७ दिन लकडाउन हुनेछ ।


कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ । सँगै मन्त्रिपरिषद् बैठकले विभिन्न राहत घोषणाको निर्णय गरेको छ । राहत र सहुलियतमा मजदुरदेखि वृद्धवृद्धासम्म र इमेल इन्टरनेटदेखि विजुलीसम्म रहेको छ । साँझ ५ बजेपछि बसेको मन्त्रिपरिषद् बैठक राति ९ बजेसम्म चलेको छ ।

Facebook Comments

हरेक खबर खास खबर