१७ मंसिर २०७८, शुक्रबार
गृह डडेल्धुरामा बाहिरबाट आएकालाई गाउँ प्रवेशमा बन्देज
डडेल्धुरामा बाहिरबाट आएकालाई गाउँ प्रवेशमा बन्देज

डडेल्धुरा । विश्वभर फैलिरहेको कोरोना भाइरस कोभीड–१९ को संक्रमण ब्यापक रुपमा फैलिन थालेपछि डडेल्धुराको अमरगढी २ डबरबाटाका युवाहरूले गाउँमा अपरिचीत ब्याक्तिहरुलाइ प्रवेश निषेध गरेका छन् । भारतलगायत अन्य ठाउँबाट मानिसहरु जथाभावी गाउँमा प्रवेश गरिरहेकोले गाउँमा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै युवाहरुले यस्तो गर्न बाध्य भएको बताएका छन् ।भारतबाट स्वास्थ्य जाँच नगरी छिमेकी गाउँमा प्रवेश गरिसकेकोले आफ्नो गाउँमा त्यस्ता व्यक्ति प्रवेश नगरनू भन्ने भनेर प्रवेश निषेध गरेको युवा शिवम भण्डारीले बताए । गाउँमा बसोबास गर्ने पारिवारिक सदस्यबाहेक अन्य व्यक्तिले प्रवेश गर्दा अनुमति लिएर मात्रै प्रवेश गर्न पाउने भण्डारीको भनाइ छ । अमरगढी नगरपालिका २ र ३मा भारतबाट आएका युवा क्वारेन्टाइनमा बस्न अटेर गरिरहेका छन् ।

Facebook Comments

हरेक खबर खास खबर