१८ मंसिर २०७८, शनिबार
गृह विद्युत महशुल ५० प्रतिशत छुट गर्नुपर्छः काँग्रेस सहमहामन्त्रि महत
विद्युत महशुल ५० प्रतिशत छुट गर्नुपर्छः काँग्रेस सहमहामन्त्रि महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले विद्युत महशुलमा पचास प्रतिशत कम गर्न र ग्याँसको ठाउँमा घरघरमा खाना पकाउन विद्युत उपयोगलाई बढावा दिनुपर्ने बताएका छन् । कोरोना भाइरस जोखिमले विल तिर्न अप्ठ्यारो भइरहेको अवस्था र ग्यास नपाइने समस्या रहेकाले उनले यस्तो बताएका हुन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न लकडाउनबाहेक बाँकी तयारीमा सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन् । लकडाउन आवश्यक भएपनि कोरोना भाइरस रोकथाम र उपचारका लागि आवश्यक तयारी गर्न सरकार असफल बनेको उनको दावी छ ।

उनले संक्रमितहरुलाई परीक्षण गर्न आवश्यक परीक्षण केन्द्र र स्वाब संकलन केन्द्रको बिस्तार गर्न नसक्दा कोरोना का जस्ता लक्षण देखिए बिरामी कहाँ जाने भन्ने अन्यौलता देखिएकाप्रति पनि सरकारको ध्यानाकर्षण गराए । कोरोना भाइरसको असर कम गर्न राजनीतिक पार्टीहरु, नागरिक समाज र आमनागरिकले सरकारलाई सहयोग गरेपनि सरकारले प्रभावकारी काम गर्न नसकेको उनको आरोप छ । अति जरुरी र दैनिक उपभोग्य वस्तु किन्न जानका लागि आवत–जावत गर्दा सामाजिक दूरी सुनिश्चित गरी सहज बनाउन सुरक्षाकर्मीलाई निर्देशन समेत सरकारलाइ आग्रह गरे ।


Facebook Comments

हरेक खबर खास खबर